पपुवान्युगिनीलाई जित्नै पर्ने दबाबमा नेपाल

Nepal-vs-Namibia-Match-Worlडब्लिन, १ साउन । भारतमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुने सम्भावनालाई कायमै राख्न नेपालले शुक्रबार पपुवान्युगिनीसँगको जितको आवश्यकता रहेको छ । अपराजित रहेको पपुवान्युगिनीको सामना गर्दैछ । लगातार कमजोर प्रदर्शन गरिरहेकोे नेपाल आयरल्यान्ड र हङकङसँगको हार पछि दबाबमा रहेको छ । खराब रनरेटका कारण नेपाली टोली थप दबाबमा परेको छ । यदी अंक बराबर भए पनि नेपाल रनरेटमा पछि पर्ने सम्भावना प्रबल रहेको छ ।

डब्लिनस्थित दि भिलेनज मालाहिडेमा शुक्रबार नेपाली समय अनुसार अपरान्ह दुई बजेर ४५ मिनेटमा नेपाल र पपुवान्युगिनीबीच खेल हुनेछ । यस जितले नेपालको सम्भावना व्यावहारिक रूपमा जीवित रहन्छ भने हारे नेपालको सम्भावना लगभग अन्त्य हुनेछ । पपुवान्युगिनी समूह‘ए’ मा एक्लो अपराजित टोली हो । निकै नै उत्कृष्ट लयमा रहेको पपुवाले उपाधिको बलियो दाबेदार आयरल्यान्डलाई दुई विकेटले पराजित गरिसकेको छ । त्यसैले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाइसकेको तथा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका पपुवान्युगिनी नेपालका लागि सहज प्रतिद्वन्द्वी पक्कै हुने छैन । नेपालको यो पपुवान्युगिनीसँग चौथो भेट हुनेछ । सन् २०१२ मा नेपाल पपुवान्युगिनीसँग ३५ रनले पराजित भएको थियो । नेपालले सन् २०१३ मा नेपाल सात विकेटले विजयी भएको थियो । पपुवान्युगिनी अघिल्लो दुई संस्करणमा दुवैपटक आठौँ भएको थियो ।
यौन दुव्र्यव्यवहारको आरोपमा फिजियो पक्राउ

वेलफास्ट । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय फिजियो डा.अइजाज बसिर असाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।
४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई विनासहमति यौनिक दृष्टिले समातेको आरोपमा मंगलबार पक्राउ गर्दै बुधबार स्थानीय आर्डस म्याजिस्ट्रेट अदालतमा गराइएको वेलफास्टलीग्राफले जनाएको छ । बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ती महिलामाथि यस्तो कार्य गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
आयरल्यान्डका प्रहरीका अनुसार बसिरले ती महिलालाई शरीर मसाजको लागि अराउँदै मसाज गर्ने बेला भित्री वस्त्र नलगाई दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ । बसिरले लगत्तै ती महिलासँग होटल म्यानेजरको अगाडि माफी माग्दै १० युरो दिएका थिए । ती महिलाले अस्वीकार गरेपछि घट्ना बाहिर आएको हो । डा.बसिरका वकिलले भने यौन दुव्र्यवहार आरोपको खण्डन गरेका छन् । टी–ट्वान्टी छनोटकै लागि पूर्वी मुम्बईका डा.बसिर फिजियोको रूपमा नेपाली टोलीमा संलग्न भएका थिए । न्यायाधीश जज जोय राइसले बसिरलाई अदालत नजिकैको स्ट्राङफोर्ड आर्मस होटलमा बस्ने गरी नेपाली टोलीको जमानीमा युरो २५ सय धरौटीमा रिहा गरेका छन् । बसिरको मुद्दा नटुंगिउन्जेलसम्मको होटल बसाई खर्च बेहोर्ने र उनको धरौटीको जमानी बस्न नेपाली टोली सहमत भएको छ । अदालतले बसिरलाई प्रत्यक्षदर्शीसँग नभेट्ने, हप्तामा तीनपटक प्रहरी कार्यालयमा सम्पर्क गर्ने र पासपोर्ट बुझाउने आदेश दिएको छ । उनको मुद्दाको अर्को सुनुवाई १२ अगस्टमा हुनेछ ।
यसैबीच नेपाल क्रिकेट संघ(क्यान)ले एक विज्ञप्ति जारी गर्दै बसिरले यस्तो अभद्र व्यवहार गरी मुद्दा परिरहेको जानकारी प्राप्त भएकाले आजैका मितिबाट लागू हुने गरी फिजियो अइजाज बसिर असाईलाई पदबाट हटाई निजसँग नेपाल क्रिकेट संघको सम्पूर्ण सहकार्य पूर्णरूपमा समाप्त भएको उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया