भारत र दक्षिण अफ्रिकाको रोमाञ्चक जित

हरारे । भारतले जिम्बावेविरुद्धको पहिलो एकदिवसीय खेलमा चार रनको रोमाञ्चक जित हात पा¥यो ।
तीन एक दिवसीय शृंखलाअन्तर्गत भारतले पहिलो खेलमा अम्बाति राइडुको शतक र स्टुवार्ट विन्नीको अर्धशतकको मद्दतले जित हात पारेको थियो । रायडुले ब्याटिङसँगै उत्कृष्ट बलिङ गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब शुरुआत गरेको थियो । जसमा उसले ३ दशमलव २ ओभरमा नै नौ रन जोड्दा मुरलि विजयलाई गुमायो । दोस्रो विकेटका लागि रायडु र अजिन्के रहानेको जोडीले ५१ रनको साझेदारी गर्दै टिमको स्कोर ६०–२ को स्थितिमा पु¥याए । त्यस्तै कप्तान रहाने ३४ रन बनाएर आउट भए । उनी आउट भएसँगै भारतका ब्याट्सम्यानले खराब प्रदर्शन गरे ।
जसमा तीन ब्याट्सम्यान थप २७ रन जोड्दा आउट हुँदा भारत ८७ रनमा पाँच विकेट गुमेको नाजुक स्थितिमा पुग्यो । त्यसपछि भारतको छैठौँ विकेटका लागि रायडु(८०) र विन्नी(७७)ले १६० रनको बलियो साझेदारी गरेका थिए ।
त्यस्तै रायडुले एक सय ३३ बलमा १२ चौका र एक छक्काको मद्दतले १२४ रन जोडे । भारतका लागि विन्नीले ७७ रनको योगदान दिए । उनले ७६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जिम्बाबे बलिङतर्पm डोनाल्ड त्रिपानो र चमु चिबाहले समान २–२ विकेट लिए । ब्रिन भिट्टोरीले भने एक विकेट हात हात पारे ।
त्यसैगरी, जिम्बाबे २५६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्न उत्रेको थियो । जिम्बाबेले सात विकेटको क्षतिमा पूरा ओभर खेल्दै २५१ रन मात्र जोड्न सक्यो । कप्तान इल्टन चिगुम्बराले उत्कृष्ट ब्याटिङ गर्दै अविजित १०४ रन जोडे पनि जिम्बाबेलाई जित दिलाउन सकेनन् ।
त्यस्तै १६ रन जोड्दा पहिलो विकेट गुमाएको जिम्बाबेका लागि सात विकेटको रूपमा कप्तान चिगुम्बरा र क्रिमरले ८६ रनको मजबुत साझेदारी गरे । उसका लागि सिकन्दर राजा(३७), ह्यामिल्टन मासाकाज्दा(३४), ग्राइम क्रिमर(२७) र भुसि शिवान्डाले(२०) रन जोडे । भारतको बलिङतर्पm स्टुवार्ट विन्नी र अक्षर पटेलले समान २–२ विकेट लिए । त्यस्तै विनय कमार, धवन कुलकर्नी र हरभजन सिंहले समान एकएक विकेट हात पारे । जितसँगै तीन एकदिवसीयको शृंखलामा भारत जिम्बाबेसँग १–० ले अगाडि रह्यो ।
दक्षिण अफ्रिकाको सानदार जित
अर्को एक दिवसीय खेलमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध आठ विकेटको शानदार जित दर्ता ग¥यो । दक्षिण अफ्रिकाको जितमा डेब्यु खेलमा नै कागिसो रबादाले ६ विकेट लिए । उनले बंगलादेशका माथिल्लो क्रमका चार ब्याट्सम्यानलाई ध्वस्त पारे । तथापि रबादाले बंगलादेशका ६ भरपर्दा ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए । त्यस्तै बंगलादेशले ३६.३ ओभरमा बल आउट हुँदै १६० रनको समान्य योगफल तयार पारेको थियो । उसका लागि सकिव अल हसन(४८), नासिर हुसेन(३१), सौम्य सरकार(२७) र मुस्फिकर रहिमले(२४) रन जोडे । बंगलादेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाको बलिङतर्प रबादाले सर्वाधिक ६ विकेट हात पारे । क्रिस मोरिस दुई तथा इमरान ताहिर र जेपी डुमिनीले एकएक विकेट हात पारे । कुल १६० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दुई विकेटको क्षतिमा ३१.१ ओभरमा नै लक्ष्य पूरा गर्दै जित हात पा-यो । उसका लागि अविजित रहँदै फाप डुप्लिसिस(६३) र रिले रसअ(४५) रनको योगदान दिए । क्विन्टन डि कक(३५) र हासिम अमला(१४) रनमा आउट भएका थिए । बंगलादेशको बलिङमा नासिर हुसेन र मस्रफ मोर्ताजाले एक÷एक विकेट हात पारे । (एजेन्सी)

प्रतिक्रिया