पण्डित बन्ने तर्खरमा चेलीहरू

Sunita-Batala-Gurumaनेपाली समाजमा अहिले पनि जातपातको नाममा कामको विभाजन प्रसस्तै छ । जातीय आधारमा गरिने विभेदलाई चुनौती दिँदै संस्कृत पढेर पण्डित बन्ने तर्खरमा छन् कथित तल्लो जाति भनिने चेलीहरू ।

दस/बाह्र वर्षे कलिलो उमेरका बालिकाको उद्देश्य पढेर डाक्टर, इन्जिनियर, पाइलट, वकिल वा अरू त्यस्तै केही बन्ने हुन्छ । तर, गार्गी कन्या प्रतिष्ठानका बालिकाहरू त्योभन्दा फरक (पण्डित) बन्ने तर्खरमा छन् ।

एउटै रङको दौरा र फ्रक लगाएका सबैले एकै प्रकारले कपाल काटेका बालिकाहरू वरिपरि अंग्रेजी, नेपाली र संस्कृतका किताब छरफस्ट पारेर पढ्न व्यस्त छन् । हाम्रो समाजमा अहिले पनि पण्डित्याइँ गर्ने एकलौटी जिम्मा पुरुषको भागमा छ । आज पूजा गर्दा महिलाको भागमा व्यवस्थापनको काम मात्र पर्छ ।

फूल, नैवेद्य र बस्ने ओछ्यानको बन्दोबस्त गरिदिने । तर, काठमाडौंको मालीगाउँमा रहेको गार्गी कन्या स्कुलमा पढ्ने साना नानीहरू भविष्यमा प्रख्यात पण्डित बन्ने सपना देख्दैछन् । उनीहरूको सपना र गार्गीको उद्देश्यबारे सौर्य दैनिकसँगको संवाद–

कुरा सकिन लाग्दा आरजुले दुई हात जोडेर भनिन्, ‘पुनः आगम्यताम्’ । म अक्क न बक्क भएँ । संस्कृत मेरा लागि कालो अक्षर भैँसीबराबर । कसरी बुझ्नु उनको संस्कृत ? छेउमा रहेकी गुरुआमाले मुस्कुराउँदै भनिन्, आउँदै गर्नु भनेकी । संस्कृत बुभ्mनेहरूका लागि यो राम्रो भाषा हो । नेपालीमा प्रख्यात उखान छ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ मेरा लागि पनि आरजुको संस्कृत शब्द त्यस्तै भयो ।

कैलालीकी ११ वर्षीय आरजु चौधरी यतिबेला भविष्यमा कुनै दिन प्रकाण्ड पण्डित बन्ने सपना बोकेर वेद पढ्दैछिन् । उनलाई आफ्नो गुरुआमा ठूलो मान्छे जस्तै लाग्छ । आफूले जानेको ज्ञान गुरुआमाले जस्तै अरूलाई सिकाएर गुरु हुने उनको सपना पूरा गर्ने अभिभारा बोकेको छ गार्गी कन्या गुरुकुल प्रतिष्ठानले । मालीगाउँमा रहेको उक्त प्रतिष्ठानमा पन्ध्रजना चेली अहिले संस्कृत पढ्दै छन् । सुनार, द्यौला, परियार, चौधरी, बटालालगायतका जातिका चेली पण्डित बन्ने तयारीमा छन् । देशका विभिन्न जिल्लाबाट आएका बालिका संस्कृत पढ्न पाएकोमा खुसी छन् ।

आरजु कैलालीबाट कक्षा दुई पढ्दापढ्दै आएकी हुन् । आफ्नै फुपूको सहयोगमा उनी गार्गी कन्यामा प्रवेश गरिन् । दाजुहरू गाउँमै पढ्छन् । घरको कमजोर अवस्थाले उनी यहाँ आएकी हुन् । परिवारका सदस्य खेतीपाती गरेर जीविकोपार्जन गर्छन् । आरजुलाई नेपालको संस्कृति धेरै थाहा छैन ।

पण्डित्याइँ गर्नु उनीहरूको पेसा होइन र कथित उपल्लो जातिकाले त्यसलाई स्वीकार गर्न कठीन छ ।

समाजमा पुरातन सोच भएकाहरूका लागि चुनौती बन्न सक्छ गार्गी कन्या प्रतिष्ठान । आरजुले समाजका ठूला कुरा बुझेकी छैनन् । उनेले बुझेकी छन्– शिक्षामा कसैलाई भेदभाव गर्नु हँदैन, सबैले पढ्न पाउनुपर्छ । पढ्न पाउनु सबैका लागि नैसर्गिक अधिकार हो भन्ने उनलाई थाहा छ ।

फूलाई मनपर्ने पढ्न पाउनु उसको अधिकार भएको उनको विचार छ । सानो मान्छे तर ठूला कुरा गरिन् उनले । ‘यो वा त्यो जात भनेर कसैलाई हेप्नु हँुदैन, सबै मान्छे हो,’ ठूला–ठूला अधिकारकर्मीले जस्तै कुरा गरिन् आरजुले । मान्छेले पाउने अधिकार सबैलाई समान हुनुपर्ने उनको धारणा छ ।

धर्म र संस्कृति सबैको साझा हो । यही मान्यता बोकेर गोर्खाबाट आएकी १२ वर्षीया छायाँ सुनुवार कक्षा पाँचमा संस्कृत पढ्दै छिन । चार वर्ष भयो छायाँले संस्कृत पढ्न थालेको । गाउँको स्कुलमा उनले तीन कक्षासम्म पढेकी थिइन् । यता आएपछि सबै आफू जस्तै लाग्छ उनलाई । न जातभातको कुरा न उचनिच, सबै समान ।

गाउँमा यो वा त्यो जात भनेर विभेद देखेकी उनलाई यहाँको समानता राम्रो लाग्छ । समाजका धेरै ठूला कुरा उनलाई थाहा छैन । तर, पढेर आफ्नो गुरुआमा जस्तै बन्ने सपना उनको मनमा अटल छ । जति पढेकी छन् राम्रो लागेको छ । विज्ञानदेखि संस्कृतसम्म पढ्छिन् उनी ।

गार्गीमा पढ्ने सबै विद्यार्थीका कुरा समान छन् । गाउँबाट आएकी छायाँका लागि आफ्नो गुरुआमा धेरै जान्ने लागेको छ । ठूलो मान्छे भएर गुरुआमा जस्तै राम्रो कुरा गर्ने, सबैलाई समान व्यवहार गर्ने र पण्डित बन्ने उनीहरूको साझा उद्देश्य छ । ‘हामी छोरी मान्छे पनि पण्डित बन्ने गाउँमा गएर प्रवचन दिने हो,’ छायाँको उद्देश्यमा छायाँ परेन भने उनी कथित तल्लो जाति भनिने समाजको प्रखर पण्डित बन्न सक्छिन् । छायाँको अनुहारमा उत्साह छ, उनको उत्साह पूरा गर्न प्रतिष्ठानले गरेको मिहिनेत सामान्य छैन ।

सुनिता बटाला कालिकोटदेखि संस्कृत पढ्न काठमाडौं आएकी चार वर्ष भयो । १२ वर्षकी उनी पाँच कक्षामा पढ्छिन् । सुनिताको बुबालाई सशस्त्र द्वन्द्वले खोस्यो । उनलाई बुबाको कुरा गर्दा छाती भारी हुन्छ । तीन बहिनीमा दिदी पनि अरूको घरमा काम सघाउँदै पढ्छिन् । सुनिता मामाघर बसेर पढ्दै गर्दा यहाँ आएको बताउँछिन् ।

आमाको एक्लो कमाइ र कमजोर आर्थिक अवस्थाका कारण यहाँ आएकी हुन् । गाउँमा उनलाई पढ्न समस्या थियो । उनी आमाले थेग्न नसकेकै कारण मामाघरमा बसेको थिइन् । पढ्ने रहर मेटिएला भन्ने उनमा ठूलो चिन्ता थियो । आफन्तको सहयोगमा यहाँ आएको सुनिताले बताइन् ।

सुनिता बटाला कालिकोटदेखि संस्कृत पढ्न काठमाडौं आएकी चार वर्ष भयो । १२ वर्षकी उनी पाँच कक्षामा पढ्छिन् । सुनिताको बुबालाई सशस्त्र द्वन्द्वले खोस्यो । उनलाई बुबाको कुरा गर्दा छाती भारी हुन्छ । तीन बहिनीमा दिदी पनि अरूको घरमा काम सघाउँदै पढ्दै छिन् । कालीकोटे जनताको बीचमा प्रखर पण्डित बनेर जाने उनको सपना छ ।

जतिबेला मैले संस्कृत पढेँ, साह्रै दु:ख गरेर पढेको हुँ । म अरू चेलीहरूले पनि पढ्न पाऊन् भन्ने चाहन्छु । जीवनमा आफ्नो बारेमा केही सोचिनँ । यिनै मेरो सबै थोक हुन्– सन्तान भने पनि परिवार भने पनि । ३१ वर्षकी भएँ । बिहे गरौंला, घरजम गरौंला भन्ने छैन । नेपाली समाजमा पानी चल्दैन भनेर हेपिएकाहरूका छोरीचेलीले कर्मकाण्ड गर्न सक्ने भए भनेर देखाउने धोको छ ।

पढ्ने धोको भएकी सुनिताले यहीँबाट आफ्नो भविष्य कोर्ने सपना देखेकी छन् । कालीकोटे जनताको बीचमा प्रखर पण्डित बनेर जाने उनको सपना छ । गुरुआमाले आफूलाई ज्ञान दिँदा उनी धेरै खुसी छिन् ।

गाउँमा महिलाले यति ठूला कुरा गरेको उनले देखेकी थिइनन् । यहाँ उनको गुरुआमाले कहिले अंग्रेजी त कहिले संस्कृतमा पढाउँदा उनी दंग पर्छिन् । कहिले काहिँ सुनितालाई लाग्छ– कहिले होला मैले पनि गुरुआमाले जस्तै गरी अरूलाई ज्ञान दिने ? ठूलो मान्छे भएपछि जानेको कुरा अरूलाई यसैगरी सिकाउने धोको उनको छ ।

गार्गी कन्यालाई आफ्नो भविष्य मानेकी सुनिता भन्छिन्– यहाँ धेरै खुसी छु, पढ्न पाएको छु, खान र बस्न समस्या छैन, घरमा आमालाई धेरै समस्या छ । यहाँ पढ्ने विद्यार्थी आफ्ना कपडा पनि आफैँ धँदैनन् । उनीहरूको कपडा धुन सहयोगी आउँछिन् । कुनै दिन आफ्नो गाउँमा गएर पुराण, भागवत, सप्ताह जस्ता धार्मिक कार्य गर्ने उनको सपना छ । धेरै मान्छेको बिचमा बसेर प्रवचन दिने उनको सपना पुरा हुन केहि समय पक्कै लाग्छ ।

०००

समाजसेवी अंगुरवावा जोशी लगायतको पहलमा ०६८ सालमा स्थपाना भएको गार्गी कन्या गुरुकुल प्रतिष्ठानमा बिभिन्न जात र समुदायका छोरीहरू पढछन्. । यो अरू आम स्कुल भन्दा फरक छ । समाजले तल्लो जाती भनेर हेपेको र आर्थिक रूपमा कमजोर भएका बालिकाहरू पढछन् यहाँ ।

खाने बस्ने सबै सुबिधा दिएको छ प्रतिष्ठानले । प्रतिष्ठानकी प्रधानाध्यापिका सुभद्रा नेपालको दिन रात यहि बित्ने गरेको छ । प्रतिष्ठानले संस्कृत संगै अंग्रेजी, बिज्ञान, विषय पढाउँछ । विद्यार्थीलाई अतिरित्त कक्षामा आर्ट, खेलकुद जस्ता कुरामा पनि सक्रिय बनाउने गरेको छ । यहाँ बिद्यार्थीको आउने जाने क्रम चलिरहन्छ ।

तर, जुन उदेश्यसहित बिद्यार्थी आउछन् उनिहरूलाई त्यो उद्देश्यअनुरूप पूर्ण बनाउन नपाउदै अभिभावक स्वयं आई लैजाने गरेको प्रवृत्तिप्रति गुरुआमा सुभद्राको मन खिन्न छ । सुरुदेखि स्कुल सम्हाल्दै आएकी उनले पोडे, परियार, शेर्पा, चौधरी, राई, श्रेष्ठलगाएतका समूदायका विद्यार्थीलाई पढाइन् । कति अहिले पनि उनीसंगै छन्, कति आआफ्नो घर फर्किसके ।

गूरुआमा सुभद्रालार्ई आफ्ना शिष्य पूर्ण हुन नसकेकोमा दुःख छ– तुप्लेजुङको शेर्पा थरकी एक छात्रा पढदै थिइन, बाबु आएर लगें । कति अभिभावक दुःखमा ल्याएर छोडछन्, पढाइ अधुरै बनाएर लैजान्छन् । ‘अधुरो भएर जानु पर्दा बिद्यार्थी र हामी दुबै दुखी हुन्छौं ।’ पाल्पाबाट आएको परियार थरकी बालीकालाई पनि त्यसै गरी लगें ।

यहाँ पढन आउनेहरू त्यतीकै जान नमान्ने गरेको सुभद्राको अनुभव छ । ‘कतिले दुइचार दिनमा ल्याउछौ भनेर लान्छन तर, ल्याउदैनन । यो प्रतिष्ठानको ठूलो उदेश्य छ यहाँ पढेका चेलीहरू भोलीका प्रकाण्ड बिद्धवान बनुन । समाजमा पण्डीत बनेर प्रवचन दिने हुन भन्ने हाम्रो उदेश्य हो । एक दुइवर्ष पढाएर पठाउदाँ हामीलाई भन्दा उनीहरूलाई घाटा लाग्छ । न यताको न उताको पढाइ हुन्छ,’ उनी भन्छिन् ।

‘प्रतिष्ठान स्थापना गर्ने दिदीहरूको सपना ठूलो छ । उहाँहरू समाजले हेपेको तल्लो जाति भनेर विभेद गरेकाको छोरीहरूलाई पण्डीत बनाउन चाहनुहुन्छ । जति बेला मैले संस्कृत पढेँ, साह्रै दुःख गरेर पढेको हुँ ।

म अरू चेलीहरूले पनि पढन पाउन भन्ने चाहन्छु । जीवनमा आफ्नो बारेमा सोचिन, यीनै मेरो सबै थोक हुन, सन्तान भने पनि परिवार भने पनि । ३१ वर्षकी भएँ । विहे गरौला, घरजम गरौला भन्ने छैन । मेरी आमाले दुख गरेर मलार्ई आचार्य तहसम्म पढाउनुभयो ।

म यिनै बालिकाहरूलाई सक्षम बनाउन चाहन्छु । नेपाली समाजमा पानी चल्दैन भनेर हेपीएकाहरूका छोरी चेलीले कर्मकाण्ड गर्न सक्ने भए भनेर देखाउने धोको छ । त्यो पुरा गर्न म एक्लै सक्दीन ।

यीनका अभिभावक र यीनीहरूले पवित्र मनले पढने र पढन दिने वातावरण हुनु पर्छ’ मानौं सुदूर क्षितिजमा झ्याङ्गिएको स्वप्नवृक्षतिर अपलक निहार्दै सुभद्रा आफ्नो मनोभवना अभिव्यक्त गर्छिन् ।

– चमिना भट्टराई

प्रतिक्रिया