पाँचथर, २० असार । जिल्ला अस्पताल पाँचथरमा भाइरलबाट संक्रमित बिरामी आउनेक्रम बढेको छ । मौसम परिवर्तनका कारण पानीको स्रोत दूषित हुँदा प्रकोपको रूपमा भाइरल फैलिएको हो ।
जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.कालिप्रसाद यादवका अनुसार दैनिक २५/३० जना संक्रमित उपचारका लागि आउने गरेका छन् । जसमध्ये ५/७ जना भर्ना हुने खालका बिरामी हुन्छन् ।
खासगरी टाइफाइड, झाडापखाला र दमका बिरामी बढेका हुन् । स्वास्थ्यकर्मी यादवले पानी उमालेर मात्रै पिउने गरेमा यस्ता रोग नलाग्ने बताए ।
प्रतिक्रिया