संसारको समाजवादी आन्दोलनको प्रणेता आमा उपन्यास । जसमा उपन्यासकार म्याक्सीम गोर्कीको बाल्यकाल त्रासदीय थियो । त्यस्तै संसारका धेरैका लागि सपनाको एउटा देश अमेरिकामा अश्वेत आन्दोलन चर्किरहेको थियो । त्यो आन्दोलनलाई बिन्दुमा पु¥याउने र अमेरिकालाई विकासको पथमा लैजाने राष्ट्रपति अब्राह्म लिंकनको बाल्यकाल पनि त्यतिकै दुःखद् थियो । अनि फ्लोरेन्स नाइटिंगलदेखि खेलकुदका आदर्श पुरुष जोसे ओवेन्ससम्मको बाल्यकाल पनि सुखद् थिएन ।
संसारका यस्ता थुप्रै महापुरुषहरूको दुःखद् जीवन र त्यहाँबाट पार गर्दै नायक बनेको कथा विश्वमा चर्चित छन् ।
संसारका यस्ता थुप्रै महापुरुषहरुको दुखद जिवन र त्यहाबाट पार गर्दै नायक बनेको कथा पढेका थिए पर्साका सुनीत गीरीले । उनको जिवनमा पनि यस्तै घटना नभएको होइन । उनका दुई वर्षे छोरा आर्यन गिरी जब आगोले पोलिए उनको जीवनमा गहिरो चोट प¥यो । उनले आफ्नो पीडा थाम्न सकेनन् । बाबु हुनुका नाताले उनमा एक किसिमको चोट थियो । परन्तु उनले आफूलाई सम्हाले र आत्मविश्वास बटुले । उनले सोचे ‘मेरो छोरो पनि एक दिन नायक हुनेछ ।’ उनले सोचाइसँगै जस्तै उनको छोरा एक दिन नायक बन्ने कुरामा टेनिस प्रशिक्षक सूर्यभुषण बज्राचार्य पनि ढुक्क थिए ।
६० को दशकको सुरुवातसम्म नेपाली राजनीति त्यति सहज थिएन । त्यसले सामाजिक र व्यक्तिगत जिन्दगी पनि प्रभावित पारेको थियो । नेपाल बन्द थियो । चाबहिलमा रहेको पेट्रोलपम्पनजिकै २८ महिने आर्यन खेलिरहेका थिए । त्यहाँ नजिकै एक बालिका मैनबत्ती बालेर पेट्रोल राखेको ठाउमा हेर्न गइन् । आर्यन पनि उनका पछि लागे । पेट्रोल विस्फोट भयो । त्यहाँ एक्कासी विस्फोटको मुस्लो आयो र केही समयपछि अन्धकारमय भयो । सुनितको जीवनले फेरि एकपल्ट नराम्ररी धक्का महसुस गर्न पुग्यो । सो घटनामा आर्यनको शरीर ७० प्रतिशतभन्दा बढी जल्यो ।
त्यहीँबाट सुरु भएको आर्यनको दुःखको कथा सात वर्षपछि नितान्त फरक मोडमा आइपुगेको छ । अब आर्यनको संघर्ष जीवनयापनका लागि होइन, श्रेष्ठता कायम गर्नका लागि रहेको छ । उनी एउटै कुरा पुष्टि गर्न संघर्षरत छन्, ‘नेपालको एउटा युवा टेनिस जगतको स्टारको रूपमा उदाउन सक्छ ।’ उनको यो अभियानमा गहिरो साथ छ बाबु सुनीत गिरीको । थप साथ छ, उनका मित्र सम्यकभुषण बज्राचार्य, प्रशिक्षण सूर्यभुषण बज्रचार्य, नेपाल टेनिस संघ, एसियाली टेनिस महासंघका प्राविधिक निर्देशक रजत कपुर र सुरेश गीलकोे । आर्यनको कोठाको भित्तामा टाँगिएको छ, नोभाक जोकोभिकको फोटो । त्यही फोेटोले उनलाई भनिरहे जस्तो लाग्छ– सर्वियाको आन्तरिक द्वन्द्व र त्यसले उत्पन्न गरेको समस्याले मलाई छोएन । नियमित प्रशिक्षण र अभ्यासले म स्टार बनेँ । तिमी पनि बन्नेछौ ।’
जुन समयमा आर्यन आगोको पोलाइमा परे, उनको जीवनको पहिलो साहरा बनेकी थिइन् सुनीतकी बहिनी डा. सुकेम्मा गिरी । उनले पढेको चिकित्सा शास्त्रले उनको परिवारमै आएको विपत्ति टार्न सबैभन्दा बढी सहयोगी भएको थियो । नेपालको कान्ति अस्पतालमा सम्भव नभएपछि सुनीतले आर्यनलाई भारतको एपोलो अस्पतालमा पु¥याए । एपोलोमा ६ महिना उनको उपचार भयो । त्यहाँको उपचारपछि सुनीतले छोरा लिएर फेरि अमेरिका पुगे । त्यहाँ उनले कहलिएको आगोको जलाइसम्बन्धी उपचार हुने अस्पतालमा छोराको उपचार गराए ।
गिरी परिवारले आर्यनलाई एपोलोमा उपचार गराउँदा एउटा छाप छोड्न सफल भए । ‘दृढ आत्मविश्वासले नै दैवीशक्ति जन्माउने हो । भगवान् बहादुरहरूकै साथमा हुने छन् ।’ ६ महिनासम्म निरन्तर उपचार भएपछि आर्यन हिँडेरै सबै अस्पताल परिवारसँग भेट गरेर अन्त्यमा धन्यवाद दिँदै बिदा भएका थिए । त्यसपछि काठमाडौं फर्केका गिरी परिवारले सामान्य जीवन बिताए । उनको टेनिस परिवारसँग सम्पर्क भयो । सूर्यभुषणको शिष्यको रूपमा आर्यन टेनिस कोर्टमा रमाउन थाले । सुरुमा अन्य बालकझैँ खेल्ने र रमाउने गरेको देख्न चाहने आर्यनको प्रगति देखेर सूर्य आफँै चकित परे ।
हरेक दिन उत्तिकै चासोपूर्वक सिक्दै जाने, मिहिनेत गर्ने र प्रतियोगितामा पनि उपलब्धि हात पार्दै जान थालेपछि प्रशिक्षक सूर्यले पनि यो बालक भविष्यमा नेपाली टेनिसको स्टार बन्न सक्नेमा विश्वास बटुल्न थाले । सूर्य आर्यनको खेल्ने जाँगर र जोस देख्दा नै सबै अचम्ममा परेको बताउँछन् । नौ वर्षका आर्यन १० वर्षमुनिको समूहका च्याम्पियन हुन् भने १२ वर्षमुनिका समूहमा उपाधिधारी खेलाडीका प्रतिस्पर्धी ।
आर्यनको क्षमता देखेर एसीयाली टेनिस अधिकारीसमेत प्रभावित भइसकेका छन् । पाँच कक्षामा अध्ययनरत ती बालकले थाइल्यान्डको विशेष प्रशिक्षण शिविरमा रहँदा लगातार पाँच घन्टा ४० डिग्री सेल्सीयसमा प्रशिक्षण गरेका थिए । त्यहाँको प्रशिक्षण शिविरमै भएको उमर समूहको प्रतियोगितामा च्याम्पियन भइसकेका थिए, उनी ।
बाबु सुनीतको एउटै ध्येय, छोरालाई स्टार बनाउने । यसका लागि उनले व्यापारको जिम्मेवारी गृहिणीलाई छाड्दै आफू टेनिस अध्ययन गर्न थाले । वैदेशिक प्रशिक्षणको अवसर, प्रतियोगिता छनोट र अन्तर्राष्ट्रिय समन्वयलगायतका विषयमा उनी अग्रणी मानिन्छन् । उनको यसै विशेषताले आर्यन मात्र नभई टेनिसका अन्य खेलाडीलाई पनि सहयोग पुगेको छ । सुनीतमा एउटा विशेषता छ, आफूले चासो दिएको विषयमा पूर्ण अध्ययन गर्छन् । अरूको ज्ञानको सम्मान पनि गर्छन् । उनको यो विशेषतासँगै जोडिएको छ, टेनिस संघको महत्वाकांक्षी जेटिआई परियोजना, अध्यक्ष मनोज राणाको टेनिस समर्पण र सबैसँगको मैत्री व्यवहार । जुन व्यवहारले सबैलाई उत्प्रेरणा मिल्छ । एसियाली टेनिस महासंघका रजत कपुरको सद्भाव । यी सबैको सम्मिश्रणको रूपमा नेपाली जुनियर टेनिस नयाँ युगमा प्रवेश गर्दैछ । र, त्यो युगको प्रतिनिधिपात्र बन्दै नयाँ इतिहास कोर्ने आत्मविश्वाससहित अघि बढ्दै छन्, आर्यन गिरी ।
– मनोज घिमिरे
प्रतिक्रिया