उनीहरू हाँस्दै भन्छन्, ‘अब खुलेरै कुरा गरौँ’

टीकाराम दुलाल

टीकाराम दुलाल

काठमाडौं, १२ असार । प्रेम र यौन मानिसको दैनिक आवश्यक्ता भइसकेका छन् । यीबिना मानिसको जीवन अपूर्ण हुन्छ ।

‘प्रेम’, यो शब्दले केबल दुई ब्यक्तिको मात्र नभएर ब्रह्माण्डमै रहेका भौतिक, आध्यात्मिक, सजीव, निर्जीव सम्पूर्ण वस्तुप्रति राख्ने सद्भावलाई प्रतिनिधित्व गरिरहेको छ । यौनबाट नै यो सारा सृष्टिको रचना भएको छ ।

यसका विषयमा घर, परिवार, समाज सम्पूर्ण स्थानमा खुलेर चर्चा गर्नुपर्ने आवश्यक्ता भइसकेको छ । तर यसलाई नकारात्मक रुपबाट हेर्ने गरिँदा समाजमा समस्या उत्पन्न भइरहेका छन् ।

यसबारेमा हामी खुलेर कुरासमेत गर्न मान्दैनौँ । जसका कारण आज हाम्रो समाजमा विभिन्न अपराधिक घटनाहरूसमेत भइरहेका छन् । यौन बढी रुची, तर कम छलफल गरिने विषयका रुपमा आएको छ ।

प्रेमको महत्व हुँदाहुँदै पनि आखिर हामी किन यौनका विषयमा खुलेर कुरा गर्न सक्दैनौँ त ? हाम्रो समाजमा यौनका विषयमा किन खुलेर कुरा गर्ने अनुमति छैन ? प्रेम भनेको के हो ? र, यौन भनेको के हो ? भन्ने प्रश्नमा वानेश्वर क्याम्पसमा बि.ए. तेस्रो वर्षमा अध्ययनरत ताराबहादुर प्रधान भन्छन्, ‘प्रेम भनेको दुई बिपरित लिङ्गबीचको विश्वास मात्र नभएर अन्य प्राणीहरूसँग हुने सद्भाव हो, विश्वास हो ।’

‘गाँस, बास, कपासपछिको चौथो आवश्कता हो यौन । यसलाई समाजमा खुलेर कुरा गर्न पाउनुपर्छ नत्र बिकृतित फैलन्छ’, उनको भनाइ छ ।

तपाईले कसैसंग प्रेम गर्नुभएको छ ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘प्रेम त म जनावरसँग पनि गर्छु, प्रेमीप्रेमिका को रुपबाट भएको छैन अब हुनेवाला छ ।’

प्रेमकै विषयमा बानेश्वर क्याम्पस पढ्ने टीकाराम दुलाल भन्छन्, ‘मायाप्रेम भनेको भावनात्मक कुरा हो । बाबुछोराबीच, आमाबुवाबीच साथीसाथीबीच, प्रेमीप्रेमिकाबीच हुने प्रेम फरक हुन्छ ।’ आजसम्म कसैसँग प्रेम नबसेको उनी बताउँछन् ।

‘यौन प्रकृतिको नियम हो । योबिना संसार चल्न सक्दैन् । कसैले इच्छा गरेर गर्छन्, कसैले करकापमा परेर गर्न सक्छन्’, उनको भनाइ छ ।

आफ्नो घरपरिवारमा यौनका विषयमा खुलेर कुरा गर्नुपर्ने दुलाल र प्रधानको साझा भनाइ छ ।

घरपरिवारमा यौन र जीवनका विषयमा खुलेर चर्चा हुनसके युवा अवस्थामा आउने समस्याहरू समाधान गर्न सकिने उनीहरूको भनाइ छ ।

यस विषयमा सकेसम्म खुलेरै कुरा गर्दा त्यसले समाजमा हुने गरेका अपराधलाई कम गराउन सक्छ ।

प्रतिक्रिया