नेपालको प्रतिष्ठा बढाउन योग र योगमित्र

Yeti-Raj-Bhattaraiजुन २१ अर्थात् योग दिवस योगप्रेमी सबैका लागि खुशीको कुरा हो । यसले अझ योग क्षेत्रमा क्रियाशील व्यक्तिहरूका निम्ति भने थप उत्साह प्रदान गरेको छ । प्रथम अन्तर्राष्ट्रिय योग दिवस नेपाललगायत संयुक्त राष्ट्र संघको सदस्य एक सय ७७ राष्ट्रले भव्यताका साथ सम्पन्न गरिसकेका छन् । यसको विशेष श्रेय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ । उहाँकै अथक प्रयासबाटै संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय रूपमा योग दिवस मनाउने घोषणा हुन गएको हो ।
योग दिवसले योग क्षेत्र अब ऋषिमहर्षिहरूको निम्ति मात्र चाहिने चिजभन्दा पनि सबैका लागि अपरिहार्य रहेछ भन्ने कुराको सन्देशसमेत प्रवाह गरिरहेको छ भन्ने मैले महसुस गरेको छु । के राजनीतिकर्मी, विद्यार्थी, व्यापारी, उद्योगपति, महिला, बालबालिकाका हर क्षेत्रमा अहिले योगको प्रभाव राम्ररी परिसकेको छ । योगसम्बन्ध लक्षित गर्दै दर्जनौँ स्कुल खुलिसकेका छन् । यसमा हजारौँ संख्यामा प्रशिक्षार्थीले योगाभ्यास गरिरहेका छन् । योगको मुख्य उद्देश्य स्वस्थ रहनु हो । शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि हामीले दैनिक एक घन्टा योग गर्न जरुरी हुन्छ ।
योग दर्शनको प्रारम्भिक चिन्तन र अभ्यासको इतिहासलाई कोट्याउँदै जाँदा सिन्धु सभ्यताका अवशेषहरूमा पाइएका मूर्ति र मोहरहरूमा योगका विभिन्न मुद्राले नेपाल र नेपालको हिमवत्खण्डलाई सजाएको देखिन्छ । पौराणिक सन्दर्भअन्तर्गत आदिनाथ शिवदेखि, हिमालपुत्री पार्वती, मिथिलापुत्री सीतादेखि, लुम्बिनीका शान्तिदूत भगवान् बुद्ध, तपस्वी महावीर जैनदेखि, जनकपुरका राजा जनक र अष्टवक्रलगायत विविध योग साधनामा लाग्ने ऋषिमहर्षिहरू हुन् । उनीहरूको तपोभूमि नेपाल प्राच्य ज्ञान–विज्ञानको केन्द्र भारतीय उपमहाद्वीप र तिब्बतको पर्वतबीच रहेको नेपाल आध्यात्मिक ज्ञानको मूल उद्गमनस्थल हो ।
योग एक वैज्ञानिक दर्शन हुनाले स्वार्थबाट माथि उठेर परमार्थको यात्रामा लागेका या योग र अध्यात्मको खोजमा समर्पित भएर जीवनको सर्वस्व देखेका विश्वका कुनै पनि साधकको दृष्टिमा विश्वमै कुनै परम पवित्र स्थल छ भने त्यो नेपालको भूमि हो । स्वार्थका आँखाले, राजनीतिका आँखले या बोधशून्य वक्रदृष्टिले मात्र अहम्को नशामा यो सत्यलाई नचिन्दा र बेहोस् प्रलाप गर्दा तर सदाचारी सन्तयोगीहरूले किमार्थ त्यस्तो गल्ती गर्लान् । नेपाल स्वयंले र विश्वका खोज–अन्वेषकहरूले आफ्ना खोज–अन्वेषणलाई यो भूमितर्फ केन्द्रित गर्ने हो भने योगको विश्वले गौरव गर्ने आदि र मध्य इतिहास नदी किनारामा नद चैतन्य बनेर र पहाड हिमालका गुफा कन्दरामा अनाहत नाद बनेर गुञ्जिरहेको हुने थियो । गुफा–कन्दाराहरूका स्वरूपले त्यो समयको रूप बताउने थियो । हामीले नेपाललाई विश्वको योग गुरु र प्राचीन ज्ञान– विज्ञानको केन्द्र बनाउन सक्ने थियौँ । हिमवत्खण्डको विश्व शिखरखण्ड सगरमाथाले मात्र होइन, हिमवत्खण्डको कला, संस्कृति र विज्ञानको प्राचीन स्वरूपले पनि नेपाल देश नै विश्व शिखर हुने थियो । न राजनेता, राजनीति र राज्यले नै यसलाई बुझ्न सक्यो न त शिक्षक–शिक्षिका र विश्वविद्यालयले नै यसलाई बुझ्न सक्यो ।
योग एवं प्राच्य ज्ञान–विज्ञानको सार्वभौम सनातन उपलब्धिलाई पुनर्जागरण र लोक उपयोगी बनाउन स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयले पनि योग एवं अन्य प्रच्य ज्ञान–विज्ञानको विकास विस्तारमा स्थापना कालदेखि रजत वर्षसम्म जहाँबाट सुरु भयो एक पाइला अघि बढ्न सकेन । अन्य विश्वविद्यालय त यो यात्रामै प्रवेश गरेनन् । नेपालको गौरवमय कालजयी ज्ञान–विज्ञानलाई विश्वभर लैजान नभई विश्वका नवीन ज्ञान–विज्ञानको बलमा प्राच्य ज्ञान–विज्ञानलाई नामेट नष्ट गर्नमा केन्द्रित भए । जसले नेपालको इतिहास, वर्तमान र भविष्यलाई अन्धकारतर्फ धकेलिरहेको छ ।
इसाको सोह्रौं शताब्दीअनुसार वीर योद्धा सेनवंशी राजाहरूको राज्य पाल्पा एवं परमपवित्र ऋषि–महर्षि, योगी–सन्तहरूको साधनास्थल, नेपालको भूमिबाट २०३६ सालमा योग संवत् र विश्व योग दिवसको शुभारम्भ भएको थियो । विश्व योग दिवस आज विश्वका धेरै मुलकमा योगप्रेमी एवं साधकहरूले वडादिनका रूपमा मनाउने गर्दछन् । पाल्पा जिल्लास्थित अषि माण्डन्यको पवित्र तपोभूमि प्रभास क्षेत्रलाई पुनः जगाउँदै एक १५÷१६ वर्षे किशोरले ‘योगी बनौँ, योग सिकाऔँ’)को प्रार्थना योग युग निर्माणको संकल्प लिएर उत्तरायणको प्रथम पवित्र दिनमा अर्थात् माघे संक्रान्ती २०६९ दिन (१४ जनवरी, २०१३) लाई योग संवत् र विश्व योग दिवस शुभारम्भको शंखघोष गरेका थिए । त्यही दिन उनको घोषणा थियो– ‘योग संवत् र विश्व योग दिवस आज योगको प्राचीन र आधुनिक इतिहासको सेतु बनेर रहेको छ । भोलिका इतिहासकारहरूले समयलाई मूल दुई खण्डमा बाँड्नेछन् ः योग संवत् एवं विश्वयोग दिवस पूर्व र योग संवत् एवं विश्व योग दिवस उत्तर ।’ यस्तो कालजयी चिन्तन बोकेर सुरु भएको यो विश्व अभियानले नेपाललाई योगी र योगप्रेमीहरूकै विश्वको गन्तव्य स्थल बनाउन प्रयत्नरत छ ।
भगवान् शिवप्रेमीहरूलाई शिव–शक्तिको विनाशस्थल एवं पशुपतिनाथ, भगवान् बुद्ध प्रेमीहरूलाई बुद्धको जन्मस्थल र भूगोलप्रेमीहरूलाई सगरमाथा र विश्वका अग्ला हिमशृंखलाहरूले नेपालमा आकर्षित गरेजस्तै योग अभियानले योगप्रेमीहरूका लागि योगपथको जन्म र विकासभूमिको ऐतिहासिक गौरवस्थल नेपाललाई चिनाउने संकल्प लिएको छ । नेपाललाई प्रेम, शान्ति, करुणा, सत्य, अहिंसाको पाञ्चायन साधनाको विश्व केन्द्र बनाउन चाहेको छ । जो हिजो थियो, आज हाम्रै कारणले पर्दा पछाडि परेको छ, भोलि अवश्य उजागर हुनेछ र दिव्य प्रकाश बोकेर विश्वको अन्धकार मेटाउन अघि बढ्नेछ ।
योग संवत् र विश्वयोग दिवसले मूल रूपमा निम्न उद्देश्यहरू राखेको छ ।
१. योगको जन्म र विकासस्थल एवं यसका योग द्रष्टा गुरु, योगी, सन्त, ऋषि साथै अन्य साधकहरूको खोज गरी त्यसको अनुसन्धान, सम्मान र संरक्षणका लागि सबैमा रुचि जगाउने कार्य गर्ने ।
२. विश्वभर योगमित्र (ँचष्भलमक या थ्यनब) बनाई योग युग निर्माणका लागि दोहोरो अध्ययन, सूचना एवं सञ्चार र अन्तरसम्बन्धका लागि यौगिक सञ्जाल (थ्यनष्अ लभतधयचप) को स्थापना गर्ने ।
३. ‘योग प्रकाशन’ को स्थापना गरी योगका विश्वमा उपलब्ध पुस्तक–पुस्तिकाहरूको पुनः प्रकाशन एवं विभिन्न लोकभाषामा अनुवाद र प्रकाशन गर्ने ।
४. योगका स्थानीय एवं विश्वस्तरका वाचनालय, पुस्तकालय, संग्रहालय, सूचना केन्द्र स्थापना र सञ्चालन गर्ने ।
५. योग विद्यापीठ उवं विश्वविद्यलायहरूको स्थापना गरेर योगको औपचारिक, अनौपचारिक, दूरशिक्षण एवं साक्षरता शिक्षणजस्ता विभिन्न शिक्षा कार्यक्रमहरू सञ्चालन गर्ने ।
६. विश्वभर योगको क्षेत्रमा उल्लेखनीय कार्य गरेका साधकहरू एवं संघसंस्थालाई हार्दिकता र हौसला प्रदान गर्न विभिन्न पुरस्कार एवं सम्मान–पत्र दिनुका साथै अभिनन्दन गर्ने ।
७. शरीरयोग, विश्वयोग र अनादि योगको त्रिवेणी तीर्थस्वरूप उपलब्ध स्वधर्म साधनालाई हरेक व्यक्तिसम्म पु¥याउन मानव वस्तीहरूमा स्वधर्म साधना केन्द्रहरू स्थापना र सञ्चालन गर्ने ।
८. योगसंवत्को पात्रो नियमित प्रकाशन गर्ने र यसलाई विश्वसंवत् बनाउन विश्व जनमत तयार गर्ने ।
९. योगको माध्यमबाट मानव सम्भावनाका सम्पूर्ण ढोका खोलेर उत्सवमय योग युगको निर्माण गर्न सर्वांगीण कार्य गर्ने ।
१०. योगका सभा, गोष्ठी, कार्यशाला, सम्मेलन आदिद्वारा योगका कालजयी ज्ञान–विज्ञानको विस्तार गर्ने ।
११. उपरोक्त उद्देश्को पूर्णताका लागि हरेक राष्ट्रका राष्ट्र प्रमुखहरू, स्वदेशी तथा विदेशी संघसंस्थाका साथै आवश्यक सम्पूर्ण निकायहरूमा यो अभियानलाई विश्वको साझा अभियान बनाउन आ–आफ्ना ठाउँबाट सृजनात्मक र रचनात्मक कार्य गर्न अनुरोध गर्ने ।
(लेखक ‘नेपाल संस्कृत विश्वविद्यालय’ को योग विभागका प्रमुख हुन् ।)

प्रतिक्रिया