पराकम्पन किसिम किसिमका !

Images-of-Nepal-Bhukmp-Eartनयाँ वर्षसँगै आएको भूकम्पले हाम्रो जीवनमा धेरै उथलपुथल ल्याइदियो । जीवनमा नसुनिएको भनौँ वा कुनै वास्ता नगरिएको पराकम्पन भन्ने शब्दसँग हाम्रो दैनिक जीवनको एउटा सम्बन्ध गाँसिन पुग्यो । हरेक दिन भूकम्पको पराकम्पनले पछ्याई रहेको जीवनमा अरू धेरै चीजको पराकम्पन महसुस गर्न थालिएको छ । भूकम्पको पराकम्पन महसुस गरेका हामीले जीवनमा अरू पराकम्पनहरू पनि हुँदा रहेछन् भन्ने महसुस गरेका छौँ । पढाइको पराकम्पन, प्रेमको पराकम्पन, सुखको पराकम्पन, दुःखको पराकम्पन, साथीको पराकम्पन, परिवारको पराकम्पन, आफन्तको पराकम्पन आदि इत्यादि । जीवनमा धेरै कुराको पराकम्पन पो झेलिरहेका रहेछौँ हामीले । भूकम्पको पराकम्पन्न २५ हजारभन्दा बढी गरियो । यसको संख्या भूकम्प मापन केन्द्रले दियो । भूकम्पको मापन गर्ने साधन भूकम्प मापन केन्द्रसँग छ । त्यसैले यसले भूकम्पको पराकम्पनको संख्यासम्म हामीलाई भन्न सक्यो । तर, जीवनको पराकम्पन जाँच्ने कुनै साधन नहुँदा जीवनमा कति पराकम्पन सहियो होला ? त्यसको मापन गर्ने कुनै आधार नै भेटिएको छैन ।

शिशु अवस्थामा पनि धेरै पराकम्पन झेलियो होला । तर, यसको अर्थ नबुझ्दा यसले कुनै प्रभाव नै पारेन । तर, उमेरसँगै जीवनले एउटा गति लिँदा भने यसको असर पर्दै गएको छ । तोते बोलीदेखि पढ्न थालेका हामीले पढाइको पराकम्पन धेरै झेलियो होला । जीवनमा अझ यस्ता पराकम्पनले छोडेको छैन । दैनिक जीवनमा पढाइको पराकम्पनले लखेटिरहेको छ । जीवनमा पढाइको पराकम्पन कति भयो होला यसको कुनै लेखाजोखा राखेको छैन । न त लेखाजोखा गर्न कुनै नियम नै छ । केवल छ त मात्र पढाइको पराकम्पन अनि त्यस पराकम्पनबाट आएको परिणाम ।
जीवनमा अर्को एउटा पराकम्पन भनेको पे्रम हो । पे्रमको पराकम्पनले पनि कतिलाई कति चोटि पराकम्पन दियो होला । यसको पराकम्पन जाँच्ने कुनै मापदण्ड नै छैन् । यस्ता पराकम्पनले कति पीडा दियो होला, कति सुख दियो होला ? न त यसको कुनै मापन छ, न त जाँच्ने कुनै मापदण्ड नै । त्यसैले जीवनको गोरेटोमा प्रेमको कति पराकम्पन महसुस गरियो, यो गर्नेलाई मात्र महसुस भयो होला । भूकम्पको पराकम्पन सबैलाई एउटै भए पनि कतिले महसुस गरे, कतिले यस्ता पराकम्पनलाई महसुस गर्न सकेनन् । त्यस्तै, जीवनमा पे्रमको पराकम्पन पनि कसले कति गरे ? गर्नेलाई थाहा होला, नगर्नेलाई कुनै मतलव नै भएन् तर पे्रमको पराकम्पन भनेको यस्तो चिज हो जो मरोणापरान्त रहिरहन्छ । जवसम्म दिमाग र मुटु चल्छ त्यो बेलासम्म पे्रमको पराकम्पन मानव जीवनमा भई नै रहन्छ ।
जीवनमा कति वसन्त बिताइयो । त्यति नै जीवनका अनुभवहरू बटुलिएका होलान् । सुख, दुःखका कति पराकम्पन महसुस गरियो होला । जीवनमा हरेक मोडमा के–कस्ता पराकम्पन महसुस गरियो होला ? यो मापन गर्ने आजसम्म कुनै रेक्टर स्केलको विकास भएको छैन । विकास भएको छ त मात्र पराकम्पनको । कुन बेला कति रेक्टर स्केलको पराकम्पन दिने, यो त समयले नै निर्धारण गरेको होला । तर भोग्न बाध्य हामी छौँ, मापन गर्ने कोही छैन् । कुन मोडमा कति रेक्टर स्केलको पराकम्पनले जीवनमा पछ्याउँछ, यो त समयमै भर पर्छ । कति रेक्टर स्केलको पराकम्पन जीवले धान्न सक्छ, यो पनि जीवनको भोगाइमै भर पर्ने कुरा हो । तर यति हो, पराकम्पन जीवनको एउटा पाटो रहेछ, जो निरन्तर भई नै रहन्छ ।
मित्रताको पराकम्पन पनि रमाइलो नै हुँदो हो । कुन बेला कति रेक्टर स्केलको झड्का दिन्छ, पत्तो नै नहुँदो रहेछ । पछि मात्र थाहा हुँदो रहेछ, पराकम्पनले झड्का दिइसकेको रहेछ भन्ने । यसको पनि मापन गर्ने कुनै साधन विकास नभएको कारण, यस्ता पराकम्पनले जीवनलाई पछ्याई रहेको हुँदा रहेछन् । यस्ता पराकम्पन त भूकम्पको भन्दा पनि निकै जटिल र विध्वंसकारी हुँदा रहेछन् । कति बेला पराकम्पन दिन्छ पत्तो नै नहुँदो रहेछ । मात्र पराकम्पनको धक्का महसुुस गर्न पुग्दो रहेछ । त्यसको क्षतिको कुनै मापन गर्ने शैलीको विकास नहुँदा त्यस्ता पराकम्पनले जीवनमा धेरै थोरै परिवर्तन देखा परिरहेको हुन्छ । यो पनि जीवनको एउटा मोडमा पाउने पराकम्पन नै हो ।
सामाजिक प्राणी भएको नाताले जीवनमा पछ्याउने अर्को पराकम्पन हो परिवारको । परिवारको पराकम्पनले पनि जीवनलाई एउटा सीमित घेरामा बाँधेर राखेको हुन्छ । कुनै मापनविना यस्ता पराकम्पनले जीवनलाई हल्लाइरहेको हुन्छ । कति हल्लायो यो मापन गर्ने पनि कुनै सीमा वा संख्या भएको पाइँदैन । तर, यो पराकम्पन पनि मृत्युसम्म नै हामीसँग रहिरहन्छ । आफन्तको पराकम्पन झन् जटिल । कुनै मापन नै नभएका कारण यसको पनि कतिखेर कति रेक्टर स्केलको पराकम्पन हुन्छ, कुनै निश्चितता हुँदैन ।

प्रतिक्रिया