चाँगुनारायण मन्दिरमा किन अरु पुजारी बन्न पाउँदैनन् ?

Changunarayan-mandir-bhakta‘भक्तपुरमा अवस्थित चाँगुनारायण मन्दिर राजामानदेवले निर्माण गरेका होइनन् केवल जिर्णउद्धार मात्रै गरेका हुन्’, भन्छन् चाँगु संग्राहलयका संस्थापक वैष्णवराज श्रेष्ठ । चाँगुनारायणका बारेमा श्रेष्ठले अन्य थुप्रै किम्वदन्तिसमेत सुनाए । श्रेष्ठले सुनाएको किम्वदन्तिलाई जस्ताको त्यस्तै समेटिएको छ ।

प्राचीनकाल (काठमाडौं जलमय भएकै अवस्था) चाँगु क्षेत्रमा घना जंगल थियो । एउटा ग्वाला (गाई चराउने मान्छे) ले सुदर्शन नाम गरेको व्राम्हणबाट कपिश नाम गरेको दुधालु गाई किनेर ल्याएका थिए ।

त्यो गाईलाई सधैँ त्यस जंगलमा चराउन लैजान्थ्यो । गाई सधैँ वरको रुखमुनि गइ चर्ने गथ्र्यो । रुखबाट एउटा बालक उत्पन्न भइ गाईको सबै दुध खाइदिने गर्दथ्यो । यसरी सँधै गाईको दुध हराउन थालेपछि अचम्मा परेका ग्वाला र व्राम्हण मिली एक दिन लुकेर हेर्दा वरको रुखबाट बालक उत्पन्न भइ गाईको दुध खाँदै गरेको देखी असाध्यै रिसाउँछन् । उनीहरुले त्यस रुखलाई काट्न थाल्छन् । जब रुख छिन्छ, तब रुखको टुप्पोपट्टी भगवान विष्णुको टाउको र फेदपट्टी जिउ हुन्छ । त्यो देखेपछि दुबै जना अचम्ममा पर्छन् । र क्षमा माग्छन् ।

तर भगवान विष्णुले तिम्रो केही दोष छैन भन्छन् । उनले ‘तिम्रो बाबुलाई मैले मारेको हुनाले व्राम्हण हत्याको दोष मेटाउन मैले यो सव काम गरेको हुँ । अब म मुक्त भएँ । आजदेखि यस ठाउँलाई चाँगुनारायण भनि चिनिने छ ।’ तिमी र तिम्रा सन्तानले मेरो पूजाआजा गर्नुभनि सुदर्शन व्राम्हणलाई विष्णुले अह्रयाएका हुनाले आजसम्म पनि तिनै सुदर्शन व्राम्हणका सन्तान चाँगुनारायण मन्दिरका पूजारी छन् ।

यसरी प्राचीनकालमा उत्पत्ति भएको चाँगुनारायणलाई करीव १६ सय वर्षपहिले लिच्छिविकालीन राजा मानदेवले जिर्णउद्धार गरेको वैष्णराज बताउँछन् ।

उक्त मन्दिरको जिर्णोद्धारपछि मन्दिरको विषयमा लेखिएको एउटा शिलालेख छ । जुन गुप्तलिपिमा लेखिएको छ । यो शिला लेखलाई नेपालको पहिलो पिलि मानिन्छ । सन् १९७९ मा विश्व सम्पदा सूचीमा चाँगुनारायणलाई राखिएको छ ।
अहिले त्यस मन्दिरको मुल पूजारीका रुपमा चक्रधरानन्दराज उपाध्याय छन् । उनी सुदर्शन व्राम्हणका सन्तान हुन् ।

प्रस्तुती : सूर्यविक्रम गौतम

प्रतिक्रिया