यसरी सुक्यो ‘सिडी’को व्यापार

CD-Pasal-Nepalकाठमाडौं, ३१ जेठ । काठमाडौंको जीवन, महँगीको मार र वेरोजगारीको बिगबिगी । नेपालकै अन्य सहरसँग दाँज्दा तुलनात्मक रुपले अवसरको सहर भनिए पनि भोग्नेहरुका निम्ति निक्कै चर्को छ, यहाँको बसाइ । त्यसैले जीवन सहज बनाउन कुनै बेला राम्रो कमाइ हुने ठानिएको सिडी व्यवसायतर्फ व्यापारीहरु निक्कै आकर्षित हुन्थे ।

कुनै समय चल्तीको व्यवसाय मानिने सिडी व्यापार हाल ह्वात्तै घटेको गुनासो गर्छन् व्यापारीहरु । काठमाडौंको आकर्षणमा तानिएका काभ्रेका आयुष खतिवडा सरस्वतीनगरमा सिडीको कारोबार गर्छन् ।

कुनै बेला एकजनाले बिक्री गर्न हम्मेहम्मे पर्ने यो कारोबार अहिले ठप्पै नभए पनि निक्कै घटेको उनको अनुभव छ । ‘पाँच सात वर्षअघि एक जनाले मात्रै पसल चलाउँदा धेरै भार पर्ने गथ्र्यो’, विगत सम्झैँदै उनी भन्छन्, ‘अहिले देखिहाल्नु, भो पसलनै शून्य छ ।’

‘प्रविधिको जमाना छ । यूट्युव र इन्टरनेटमा फिल्महरु अपलोड हुनाले सिडीको बिक्री घटेको हो’, व्यापार नचल्नुको कारण खोल्दै उनी भन्छिन्, ‘प्रविधिको विकाससँगै हाम्रो सिडी व्यापार पनि प्रभावित भयो ।’

यहि व्यापारले मात्रै काठमाडौंमा धानिन गाह्रो भएकाले पछिल्लो समय मोबाइका कभर र ब्याट्रीपनि सँगसँगै बेच्ने गरेको उनले सुनाए ।

त्यस्तै काठमाडौं कै कपनमा यहि व्यवसायमा सक्रिय जानुका अधिकारीको अनुभव पनि आयुषसँगै मिल्दोजुल्दो छ ।

‘प्रविधिको जमाना छ । यूट्युव र इन्टरनेटमा फिल्महरु अपलोड हुनाले सिडीको बिक्री घटेको हो’, व्यापार नचल्नुको कारण खोल्दै उनी भन्छिन्, ‘प्रविधिको विकाससँगै हाम्रो सिडी व्यापार पनि प्रभावित भयो ।’

व्यापार ह्वात्तै घटेपनि पूरै रोक्कीनसकेको उनको जिकिर छ । आफ्ना सिडीहरु बालबालिका र युवापुस्ताले किनेर मात्र नभइ भाडामा समेत लैजाने गरेको बताउँदैगर्दा उनको अनुहारमा खुसीको भाव देखिन्थ्यो । ‘यहि व्यापारको सहाराले चार जनाको परिवार धानिएको छ’, उनले भनिन् ।

केही वर्षअघिसँग तुलना गर्दा चाहिँ व्यापार निक्कै खस्किएको उनको ठम्याई छ । व्यापारमा आएको गिरावटले कतिपय व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुँदै गएको सिडी व्यवसायमा सक्रियहरु नै बताउँछन् ।

प्रतिक्रिया