अन्तर्राष्ट्रिय फुटबलमा चर्चित सुनील क्षत्री

Sunil-Chhetrieसुनीललाई आबद्ध गर्न डेबिड बेकह्याम सम्मिलित अमेरिकी क्लब एलए ग्यालेक्सी र प्रतिद्वन्द्वी क्लब डिसी युनाइेटड लागेको चर्चा पनि चल्यो । हल्लाकै बीच सुनीलले इंग्लिस क्लब कोभेन्ट्रीमा गएर ट्रायल दिए । तर, उनको पहिलो ट्रायल सफल हुन सकेन । सुनीलले त्यो वर्ष इस्ट बंगालबाट १४ खेल खेल्दै ७ गोल गरे । अर्को सिजन सुनीलले २ वर्षका लागि डेम्पोस“ग सम्झौता गरे ।
विदेशी क्लबबाट अफर आएमा ट्रायलका लागि छुट दिइने व्यहोरा सुनीलस“गको सम्झौतापत्रमा उल्लेख थियो । स्कटीस प्रिमियरसिप क्लब सेल्टिकले सुनीललाई आबद्ध गर्ने कोसिस गरिरहेको समाचार सार्वजनिक भएको केही समयपछि नै सुनीललाई इंलिस क्लब क्विन्स पार्क रेन्जर्स (क्युपिआर) ले आबद्ध ग¥यो । त्यतिबेला इङल्याण्डको दोस्रो डिभिजन खेलिरहेको क्युपिआरस“ग सुनीलले तीन वर्षे सम्झौता गरेका थिए । तर त्यसै वर्ष इंग्लिस प्रिमियर लिगमा क्युपिआर बढुवा भयो ।
युरोपेली राष्ट्रबाहेक अन्यत्र देशका फुटबलरलाई भित्र्याउ“दा फिफा वरियताको ७० स्थानभित्र रहेका राष्ट्रका खेलाडीले मात्रै बेलायतमा प्रिमियर लिग खेल्न पाउने प्रावधान बाधक बनेपछि सम्झौता गरेर पनि सुनीलले क्युपिआरबाट खेल्न पाएनन् । सन् २०१० मा उनी अमेरिकी मेजर सकर लिग क्लब क्यान्सास सिटीमा आबद्ध भए । तर, मेजर सकर लिग सूरु हुनै लाग्दा सुनील एसिया कप खेल्दै थिए । त्यसैले उनले क्यान्सास सिटीमा आफ्नो सम्झौता नवीकरण गर्न पाएनन् । क्यान्सास बसाइका क्रममा उनले स्टार खेलाडी सम्मिलित म्यानचेस्टर युनाइटेडविरुद्धको मैत्रीपूर्ण म्याच खेले ।

प्रतिक्रिया