काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई प्रतिशतसम्ममा भूकम्पपीडितलाई कर्जा दिन वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । घर भत्किएकाहरूलाई सहुलियत दिन राष्ट्र बैंकले त्यस्तो निर्णय गरेको हो । भूकम्पपीडितलाई राहत दिनेगरी दुई प्रतिशतभन्दा कम ब्याजदरमा आवास कर्जा दिन राष्ट्र बैंकले नीतिगत निर्णय गरेको बैंकले जारी गरेको निर्देशनमा देखिन्छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा दिने र यस्तो कर्जा बैंकहरूले भूकम्पपीडितलाई दुई प्रतिशतसम्ममा आवास कर्जा दिनुपर्ने हुन्छ । बैंकहरूले उपत्यकाभित्र २५ लाख रुपैयाँसम्म र गाउँमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन सक्नेछन् । दुई प्रतिशतमा कर्जा दिन भूकम्पले क्षति पुगेको हुनुपर्ने छ । विगतमा कर्जा लिएका वा नलिएका सबैले यस्तो कर्जा लिन पाउनेछन् ।
वाणिज्य बैंकहरूले ऋणीको कर्जा तिर्नसक्ने क्षमताका आधारमा लगानी गर्नेछन् । असुलीको सम्भावना नदेखे बैंकहरू यस्तो कर्जा लगानी गर्न बाध्य नहुने पनि केन्द्रीय बैंकले भनेको छ । घर भत्किएर समस्यामा परेकाहरूलाई सहयोग पु¥याउने उद्देश्यले केन्द्रीय बैंकले यस्तो पुनर्कर्जाको व्यवस्था गरेको हो । सस्तो ब्याजदरमा कर्जा पाएपछि पीडितहरूले घरको पुनर्निर्माण सुरु गर्न सक्छन् । (सौस)
प्रतिक्रिया