कोइरालासहितका नेताहरू अवलोकनमा

Sushil,-Puspakamal-&-KP-Oliकाठमाडौं, २३ वैशाख । वैशाख १२ गते भएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लाको अवलोकन गर्न प्रधानमन्त्री सुशील कोइरालासहित दलका शीर्ष नेता आज बिहान रसुवा, नुवाकोट र धादिङ गएका छन् ।

प्रधानमन्त्री कोइराला, एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानसेनापति गौरवशम्शेर नेपाली सेनाको हेलिकप्टरबाट ती जिल्लातर्फ गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले क्रमशः रसुवा, नुवाकोट र धादिङको भूकम्पबाट प्रभावित बस्तीको बारेमा जानकारी लिनेछन् ।

प्रतिक्रिया