रिजनल कंग्रेस बिहीबारदेखि

nasa
काठमाडौं । एफआइए स्पोर्ट्स रिजनल कंग्रेस बिहीबार काठमाडौंमा सुरु भएको छ । तीन दिने कंग्रेसमा एसिया प्यासिफिक क्षेत्रका १४ देशको सहभागिता रहनेछ । नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसनको व्यवस्थापन तथा फियाको कार्ययोजनाअनुसार हुन लागेको कंग्रेसमा जेनेभाको प्रशासकीय कार्यालय तथा पेरिसस्थित हेडक्वार्टरबाट प्रतिनिधि पनि नेपाल आइपुगेका छन् ।
फिया इन्स्टिच्युट, फिया एएसएन बेनिफिट फोरम र फिया स्पोर्ट्स डेभलेप्मेन्ट डिपार्टमेन्टका अधिकारी पनि कंग्रेसमा सहभागी हुनेछन् । फिया प्रमुख जोन टोड र अभिनेत्री मिचेल योहो पनि कंग्रेसमा उपस्थित हुनेछिन् । कंग्रेसान ४५ सहभागी, १० नासा अफिसियल, १० व्यवस्थापक, ५ प्राविधिक र सात स्वयंसेवक सहभागी हुनेछन् । (सौस)

प्रतिक्रिया