भैरहवा, ९ वैशाख । अवैध तरिकाले आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगानी भइरहेको छ । त्यस्ता धन, जग्गा कारोबारमा आएका कारण अहिले घरजग्गाको मूल्य केही अकासिएको छ । भैरहवामा मात्र नभई राजधानीमा समेत पछिल्लोपटक घरजग्गा कारोबार बढेको छ ।
उपत्यकमा केही महिनायता घरजग्गाको मूल्यमा करिव २० प्रतिसतले वृद्धि भएको छ । स्रोत नखुलेको धन आएको कारण मुल्य बढको हो । यता बाणिज्य बैकहरुले कर्जामा दिने व्याजदर बढाउने तयारी गरीरहेकोले पनि अहिले बैक तथा बित्तिय संस्थाको समेत लगानी घर जग्गामा गएको देखिन्छ । उपत्यका बाहिर पनि यही कारणले गर्दा मुल्य बढेको हो ।
सम्पत्ति आर्जन गर्नेले सुन तस्करी र जग्गा कारोबारमा लगानी गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा बताएको हो । विभागका महानिर्देशक केवलप्रसाद भण्डारीका अनुसार अहिले मुलुकमा अवैध रुपमा कमाएको सम्पत्ति विशेष गरी सुन तस्करी र जग्गा कारोबारमा गईरहेको छ ।
विभिन्न व्यक्तिहरुले जग्गामा लगानी गरी अकुत सम्पत्ति कमाए पनि जग्गाको मूल्याङ्कन कम देखाएर राजश्व छली गरिरहेको उनले बताए । ‘महंगो मूल्यमा जग्गा खरिद गरी सरकारलाई सस्तो रकमको जग्गा खरिद गरेको देखाइ माफियाहरुले कालो धनलाई सेतो बनाइरहेका महानिर्देशक भण्डारीको भनाइ थियो ।
आतंकवादमा वित्तीय लगानी गर्ने, लागुऔषध कारोबार गर्ने, अपरहण, चेलिबेटी बेचबिखन, फिरौती, सिमाबाट तस्करी, माफिया संचालन, हुन्डी व्यापार गर्नेलगायतमा केन्द्रित रहेको भन्दै भण्डारीले यसको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक रामहरि ज्ञवालीले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था र विभागको कार्य प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया