
काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग देखाउने एक शिक्षा अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी जिल्ला पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् ।
इमाडोलस्थित सार्वजनिक स्थलमा भट्टले महिलालाई अभद्र व्यवहार गर्दै आफ्नो कपडा खोलेर गोप्य अंग देखाएको प्रहरीले जनाएको छ । पीडित महिलाले उक्त हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत कर्मचारी रहेको खुलेको छ । उनलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया