सांसदले सदनमा उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुख अर्यालले गरे रुलिङ

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्को आकस्मिक र शून्य समयमा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनको पूर्वतयारीबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरूद्वारा उठाइएका यी गम्भीर विषयमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतीलाई नियन्त्रण एवं न्यूनीकरण गर्न विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भएगरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

प्रतिक्रिया