
बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका छन् ।
रूपन्देहीको नयाँ गाउँमा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशभरका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
पार्टी एकतापछि बुटवलमा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षणले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा पार्टी जिम्मेवारी बाँडफाँटका क्रममा देखिएका असन्तुष्टिको सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।– तस्विर प्रदीप आचार्य, नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया