पोखरामा २३औँ रोपाइँ महोत्सव मनाइँदै (तस्विरहरु)

कास्की । कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २३औँ रोपाइँ महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी हुँदै परम्परागत धान रोपाइँको रमाइलो अनुभव लिँदै छन् ।

उक्त रोपाईँ उत्सवमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आफैँ पनि सहभागी भएका छन् । उनको साथमा अन्य विभिन्न व्यक्तिहरु पनि रहेका छन् ।

भोलि असार १५ गते २३औँ रोपाइा दिवसको मुख्य दिन भए पनि किसानहरुले पहिलादेखि नै रोपाईँ दिवस मनाइरहेका छन् । खास मुख्य रोपाईँ दिवस सोमबार तथा असार १५ गतेका लागि देशभर विभिन्न संघ–संस्थाहरुले विशेष कार्यक्रमको आयोजना गर्दै छन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया