
फिफा विश्वकपमा अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीले नयाँ रेकर्ड राखेका छन् । उनले फिफा विश्वकपको इतिहासमा ६ वटा संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडीको रेकर्ड राखेका हुन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान अल्गेरियाविरुद्ध मैदानमा उत्रिँदै मेस्सीले नयाँ रेकर्ड राखेका हुन् ।
साथै, मेस्सीले यो खेलमा गोल गरेर अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका छन् । उनले खेलको १७ मिनेटमा गोल गरेका हुन् ।
प्रतिक्रिया