
काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै घटेको छ । सोमबार साँझ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल १०० डलर भन्दा कममा खरिद–बिक्री भइरहेको छ । २ साताअघि २५ फागुन साँझ प्रतिब्यारेल ११६.७८ डलर पुगेको कच्चा तेलको भाउ लगत्तै घटेपनि पुनः बढेर उच्च बिन्दुमा स्थिर रहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानका विद्युत केन्द्र र ऊर्जा पूर्वाधारमाथी योजना गरिएको सैन्य आक्रमण ५ दिनका लागि रोक्ने निर्णय भएको घोषणा गरेकाले मध्यपूर्वमा द्धन्द घट्ने अपेक्षाका कारण सोमबार कच्चा तेलको भाउ तिव्र दरले घटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सोमबार साँझ कच्चा तेलको भाउ १५ प्रतिशतसम्म घटेर ९६ डलर प्रतिब्यारेलमा आइपुगेको थियो ।
प्रतिक्रिया