लोकप्रिय बन्दै पोखराको विश्व शान्ति स्तूप

कास्की । विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनेको छ । यो स्तूप फेवातालको दक्षिणी छेउमा रहेको अन्नपूर्ण डाँडामा अवस्थित छ ।

यहाँबाट फेवाताल, पोखरा शहर, माछापुच्छ्रे हिमाल लगायत अन्नपूर्ण शृङ्खलाको अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । विश्व शान्ति स्तूप सेतो र गोलाकार आकारको छ र यसको माथिल्लो भागमा बुद्धका मूर्तिहरू रहेका छन् ।

स्तूपको वरिपरि ध्यान र प्रार्थनाको वातावरण हुन्छ, जहाँ धेरै भक्तजन तथा पर्यटकहरू शान्तिको अनुभूति लिन पुग्ने गर्दछन् । यो स्थान पैदल यात्रा (हाइकिङ), साइकल र ड्राइभ गरेर पनि पुग्न सकिन्छ। यहाँबाट सूर्योदय तथा सूर्यास्तको दृश्य पनि अत्यन्त मनमोहक देखिन्छ ।

प्रतिक्रिया