
बागलुङ । तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित ७ वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ ।
सभाहल २०० सीट क्षमताको छ । भवनले ९ आना जग्गा खर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ ।
वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।
प्रतिक्रिया