दैलेखमा आफ्नै बुवाको हत्या गर्ने छोरी पक्राउ

दैलेख । आफ्नै बुवा ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा नौमुले गाउँपालिका–५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तिर्सनाले काठको चिरपट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चिरपट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया