
मुगु । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्वमन्त्री मोहन बानियाँले जेनजीको आन्दोलनपछि नेकपा एमाले उठिसकेको भए पनि नेपाली कांग्रेस रुमलिएको बताएका छन् ।
मुगुको सदरमुकाम गमगढीमा शनिबार नेकपा एमालेले आयोजना गरेको जनप्रर्दशन सभालाई सम्बोधन गर्दै नेता बानियाँले नेकपा एमाले गाउँ–गाउँबाट र बस्ती–बस्तीबाट ब्युँझिसकेको तथा उठिसकेको तर कांग्रेस किन रुमलिएको छ, किन सुतेको छ तपाईहरु उठ्नुहोस् भन्दै नेपालको संविधानको रक्षार्थ दुवै ठूला दल रुमलिएर होइन यो देशको अभिभारा बोकेर अघि बढ्ने बेला आएको बताए ।
नेता बानियाँले जेनजीको आन्दोलनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लछारपछार गरेर पिटेको र उनकी धर्मपत्नी आरजु राणालाई पनि पिटेको बताए । कांग्रेसका कतिपय कार्यकर्ता पिटिएको र घरहरु ध्वस्त बनाएको यस्तो अवस्था कांग्रेसहरु एक शब्द नबोलेको बताए ।
बानियाँले कांग्रेसलाई लक्षित गर्दै कुनै कार्यक्रम नगर्ने र कांग्रेसका भातृसंगठन तथा जनसंगठन सक्रिय रहेको उल्लेख गरे । नेपाली कांग्रेसमा के जेनजीहरु छैनन् ? भन्दै जेनजी भनेको नयाँ पिढी भएको र एमाले र कांग्रेस दुवै पार्टीमा रहेको बताए । सबैभन्दा जेनजीको बढी नेतृत्व गराउने एमाले नै भएको बानियाको भनाई छ ।
यसैबीच नेकपा एमाले मुगु जिल्लाले आयोजना गरेको जनप्रदर्शन जनभेला कार्यक्रममा नेकपा समाजवादी पार्टी र नेपाली कांग्रेस पार्टी परित्याग गरेर एमालेमा ६ जनाले पार्टी प्रवेश गरेका छ्न् ।
नेकपा समाजवादी पार्टी परित्याग गरेर छायाँनाथ रारा नगरपालिका– १ का बसन्त बाघचन, लालसिंह नेपाली, छायाँनाथ रारा नगरपालिकाû १३ का जयलाल खड्का र छायाँनाथ रारा नगरपालिका– १० की सम्झना बुढा एमालेमा प्रवेश गरेका छ्न् भने नेपाली कांग्रेस पार्टी परित्याग गरी छायाँनाथ रारा नगरपालिका– ४ का कबिराज भाम र छायाँनाथ रारा नगरपालिका– ७ जसविर कुलाल नेकपा एमालेमा प्रवेश गरेका छ्न् ।

मुगु
प्रतिक्रिया