
चीन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूसबीचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री मोदीले नयाँदिल्ली र मस्कोबीचको सहकार्य विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महŒवपूर्ण रहेको बताए ।
‘सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रूस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् । हाम्रो घनिष्ठ सहयोग दुवै देशका जनताका लागि मात्र नभई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि पनि महŒवपूर्ण छ,’ उनले भने । अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाउनुका साथै मस्कोबाट छुटमा कच्चा तेल खरिद गर्दा २५ प्रतिशत जरिमाना पनि तोकेको बेला यो भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीले युक्रेन युद्धलाई लक्षित गर्दै शान्ति प्रयासमा सबै पक्षहरूले रचनात्मक रूपमा अघि बढ्ने र द्वन्द्व अन्त्य गर्ने बाटो खोज्ने अपेक्षा व्यक्त गरे ।
‘हामीले युक्रेनमा चलिरहेको द्वन्द्वबारे निरन्तर छलफल गर्दै आएका छौँ । शान्तिका लागि हालै गरिएका सबै प्रयासलाई हामी स्वागत गर्दछौँ । सबै पक्षहरू रचनात्मक रूपमा अगाडि बढ्नेछन् भन्ने हामी आशा गर्दछौँ । द्वन्द्वलाई सकेसम्म चाँडै अन्त्य गरी स्थायी शान्ति स्थापना गर्नुपर्छ । यो सम्पूर्ण मानवताको आह्वान हो,’ उनले भने । प्रधानमन्त्री मोदीले भारतीय जनता यस वर्ष डिसेम्बरमा हुने रूसी राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमणको प्रतीक्षामा रहेको बताए ।
युक्रेन युद्धको प्रसंगमा राष्ट्रपति पुटिनले भारत र चीनले शान्तिपूर्ण समाधानका लागि गरेको प्रयासको प्रशंसा गरे ।
प्रतिक्रिया