
काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन् ।
पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।
त्यसैगरी २०८२ भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जनाएको छ ।






प्रतिक्रिया