शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेपछि…

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरुका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रधानध्यापकहरुले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरुले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली पुनः माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ । प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैरनाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया