श्रीलंकाबाट १४ जना भारतीय माझीहरू पक्राउ

तामिलनाडु । श्रीलंकाली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरुलाई पक्राउ गरेको छ । माछा मार्न गएका माझीमध्ये चार जनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मंगलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो ।

तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ । सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलंकाली नौसेनाले डुंगामा माछा मार्न गएका १० जना माझीहरुलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।

श्रीलंकाली नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको जनाइएको छ ।

यसअघि जुलाई २९ मा रामेश्वरमका पाँच जना माझीलाई श्रीलंकाली सेनाले माछा मार्दा अन्तर्राष्ट्रिय समुद्री सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो । मछुवा संघका सचिव एनजे बोसका अनुसार श्रीलंकाली नौसेनाले बारम्बार पक्राउ गर्ने डरका बाबजुद पनि मछ्वाहरू समुद्रमा गएको जनाउनु भएको छ ।

उनीहरुले मन्नारको खाडीमा धनुषकोडी र थलाइमन्नारको बिचको पानीमा माछा मारिरहेको अवस्थामा श्रीलंकाली नौसेनाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएका छन् । सेनाले जस्टिन नाम गरेका स्थानीय माझीको यान्त्रिक डुंगा जफत गरी डुंगामा रहेका पाँच माझीहरूलाई हिरासतमा लिइएको जनाइएको छ ।

पक्राउ परेका व्यक्तिहरू थांगाचिमडमका जस्टिन, मोबिन, रामेश्वरमका साइमन पम्बनका डेनिसन र शेखर सबै रामेश्वरम क्षेत्रका बासिन्दा हुन् । बोसले उनीहरुलाई सोधपुछका लागि मन्नार नौसेना शिविरमा लगिएको दाबी गरेको छ ।

प्रतिक्रिया