केन्द्रीय राजधानी काठमाडौंमै हिलाम्मे सडक, सास्ती भोग्न बाध्य जनता (तस्विरहरू)

काठमाडौं । नेपालमा कुनै पनि आयोजना समय सीमाभित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समयभित्र नसक्नु यो नेपालको पुरानै रोग हो । यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नुपर्ने परम्परा नै भएको छ ।

अहिले केन्द्रीय राजधानी काठमाडौं महानगरपालिका–१६ र २६ का स्थानीयहरू यस्तै सास्ती भोग्न बाध्य भएका छन् । कामपा–१६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौँ बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

सडक हिलाम्मे भएपछि स्थानीयहरू मिलेर वडा कार्यालयमा दबाब दिएपछि भने अहिले ग्रबेलिङको काम सुरु गरिएको छ । यता वडा नम्बर २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ ।

माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन । सो सडक प्रयोग गरी स्कूल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नुपरेको छ ।– तस्विरहरू, नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया