महोत्तरी । यहाँका स्थानीय तहको बेरुजु ९ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/०८१ सम्म ८ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । यसमध्ये पछिल्लो आव २०८०/०८१ को मात्र ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौँले वार्षिक लेखापरीक्षण प्रतिवेदनमा औँल्याएको छ ।
जिल्लाका स्थानीय तहमध्ये बलवा नगरपालिकाको बेरुजु सबैभन्दा बढी ९३ करोड ६९ लाख ४० हजारमाथि छ । आव २०८०/०८१ को मात्र पनि बलवाको बेरुजु ७ करोड २० लाख ४५ हजारमाथि छ । त्यसैगरी पिपरा गाउँपालिकाको बेरुजु ९३ करोड ४८ लाख ९७ हजार नाघेको छ । पिपराको आव २०८०/०८१ को बेरुजु १ करोड ८४ लाख ८० हजारमाथि छ ।
जलेश्वर नगरपालिकाको ८२ करोड ९३ लाख, मनराशिशवा नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, गौशाला नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, सम्सी गाउँपालिकाको ५२ करोड ८३ लाख ७४ हजार, लोहारपट्टी नगरपालिकाको ५२ करोड ३१ लाख ५५ हजार, बर्दिबास नगरपालिकाको ५१ करोड २३ लाख ६४ हजार र मटिहानी नगरपालिकाको ५० करोड ४५ लाख ९१ हजार रुपैयाँ माथि बेरुजु पुगेको छ । यसरी ५० करोडमाथि बेरुजु पुगेका जिल्लाका स्थानीय तहको संख्या नै ९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी सोनमा गाउँपालिकाको ४८ करोड ९ लाख, एकडारा गाउँपालिकाको ४७ करोड ९६ लाख ९१ हजार, रामगोपालपुर नगरपालिकाको ४७ करोड २० लाख ५२ हजार, महोत्तरी गाउँपालिकाको ४२ करोड २७ लाख ८२ हजार, भंगहा नगरपालिकाको ४१ करोड ६९ लाख २६ हजार र औरही नगरपालिकाको सबैभन्दा कम २८ करोड ४३ लाख १७ हजार रुपैयाँ बेरुजु प्रतिवेदनले देखाएको छ । यी १५ वटै स्थानीय तहको आव २०८०/०८१ को मात्र पनि बेरुजु ६४ करोड ६० लाख ८ हजारमाथि छ ।
आव २०८०/०८१ को मात्र बेरुजु केलाइँदा लोहारपट्टीको सबैभन्दा बढी ९ करोड ८५ लाख ४४ हजार प्रतिवेदनमा उल्लेख छ । गत आवमा गौशालाको ८ करोड ८४ लाख ५९ हजार रुपैयाँ, जलेश्वरको ८ करोड १ लाख, रामगोपालपुरको ४ करोड ६१ लाख १९ हजार र एकडाराको ४ करोड ५ लाख २३ हजार रुपैयाँ बेरुजु छ ।
यस्तै सोनमाको ३ करोड ७६ लाख २६ हजार, भंगहाको ३ करोड २८ लाख ८१ हजार, मनराशिशवाको २ करोड ९३ लाख १३ हजार, बर्दिबासको २ करोड ८७ लाख १८ हजार, सम्सीको २ करोड ६६ लाख ८६ हजार र औरहीको २ करोड १३ लाख ४४ हजार रुपैयाँ गत आवको मात्र बेरुजु छ ।
त्यसैगरी पिपराको १ करोड ८४ लाख ८० हजार, मटिहानीको १ करोड ५३ लाख ३५ हजार र महोत्तरी गाउँपालिकाको सबैभन्दा कम ९८ लाख ३२ हजारमाथि गत आवको मात्र बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले कुल १८ अर्ब ४८ करोड १५ लाख ६७ हजारको लेखापरीक्षण गर्दा १५ स्थानीय तहको आव २०८०/०८१ को बेरुजु ६४ करोड ६० लाख ८ हजार देखिएको हो ।
बर्दिवास नगरपालिका नगरसभा बहिष्कार, बहुमतले पारित भएको मेयर पक्षको दाबीे
बर्दिवास नगरपालिकाको नगरसभा जनप्रतिनिधिले वहिष्कार गरेका छन् । एमाले र माओवादीका जनप्रतिनिधिले नगरसभा वहिष्कार गरेका हुन् । नगरसभामा पत्रकारलाई प्रवेशमा निषेध गरेर नगरप्रमुखले सुटुक्क सम्पन्न गर्न खोजेको रणनीतिमा फेल भएको बहिष्कार गर्नेहरूको तर्क छ । नेकपा एमालेले भने आफ्ना केही जनप्रतिनिधिलाई झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप लगाएको छ । माओवादीका जनप्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।
नगरसभा चलिरहँदा एमाले र माओवादीका ४६ जनाभन्दा वढी जनप्रतिनिधिले बाहिर चौतारामा छलफल चलाएका थिए । निर्वाचन केन्द्रित भएर नगरप्रमुखले बजेट विनियोजन गरेको र स्थानीय आवश्यकतालाई बेवास्ता गरेको नेकपा एमालेका नगर कमिटी अध्यक्ष तथा वडा–५ का वडा अध्यक्ष काहारमान स्याङवाले बताए ।
नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट पेस भएको छ । संघीय सरकारबाट ८७ करोड ४५ लाख ५८ हजार ५१० रुपैयाँ र प्रदेश सरकारवाट ४ करोड ५३ लाख ६३ हजार आय हुने अनुमान गर्दै नगरप्रमुख क्षेत्रीले बजेट पेस गरेका थिए । नगरपालिकाको आन्तरिक आयतर्फ भने २५ करोड ४० लाख ८७ हजार ७७० रुपैयाँ आय अनुमान गरिएको छ ।
प्रतिक्रिया