भिजिट भिसा प्रकरणमा संलग्न कोही पनि उम्कनु हुँदैन : एमाले सांसद गैरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागरे बेल्दै उनले भने, ‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ, भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका, त्यसबाट धेरै सम्पत्ति गुमाएका, यसबाट कोही पनि दोषी उम्कनु हुँदैन, कुनै पनि निर्दोष व्यक्ति उम्कन पाउनु हुँदैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानविन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो संसदमा जनताका समसामयिक विषयमा छलफल हुनुपर्ने हो, आर्थिक संकट निवारणको विषयमा छलफल हुनुपर्ने हो, बजेटबारे पर्याप्त छलफल हुनुपर्ने, सुशासन र समृद्धिको बारेमा छलफल हुनुपर्ने तर अन्य विषयमा छलफल भइरहको छ ।’

प्रतिक्रिया