इनड्राइभको ‘राइड्स फर गोल्स’ क्याम्पेन

काठमाडौँ । इनड्राइभले ‘राइड्स फर गोल्स’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्न तथा विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्यसहित ‘राइड्स फर गोल्स’ क्याम्पेन गरिएको हो ।

अंग्रेजी ‘मे’ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम, चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको इनड्राइभले जनाएको छ ।

प्रतिक्रिया