एनसेलको ‘सधैँ अन करोडपति’ योजना

काठमाडौँ । एनसेलले आफ्ना ग्राहकका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकले १ करोड रूपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउने कम्पनीले जनाएको छ । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रूपैयाँ नगद पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ ।

यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा जस्तै; नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्युअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

प्रतिक्रिया