यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको ‘नेपाल प्राइड परेड’

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो ।

उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो । यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ ।


प्रतिक्रिया