मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु (तस्विरहरू)

मुक्तिनाथ । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा आस्थाको केन्द्र हो ।

यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् ।

जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्याउने गर्छन् ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया