काठमाडौं । आज मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसेर भोलि बुधबारसम्मको लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दे प्रतपक्षी दलहरुले उनको राजीनामा माग्दै केही दिनदेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।
आज बिहान ११ बजे बोलाइएको बैठक गृहमन्त्री लेखकको राजीनामाकै कारण सहमति नजुटेपछि दिउँसो २ बजेको लागि सारिएको थियो ।
तर, २ बजे पनि सहमति नजुटेपछि बैठक भोलि बुधबारसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ । भोलि बुधबार प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने बताइएको छ ।
प्रतिक्रिया