काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानन्द महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् ।
नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानन्द महाराजले चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका हुन्। दर्शन लगत्तै कैलाशानन्द महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको पनि उल्लेख गरे ।
काठमाण्डौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बसेका कैलाशानन्दले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे । स्वामी कैलाशानन्दसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
भ्रमणका क्रममा स्वामी कैलाशानन्दले मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उल्लेख गरे ।
नेपाल भ्रमणको क्रममा कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाइँकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका थिए ।
प्रतिक्रिया