काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत र पाकिस्तानबीच भएको तनाव तथा घटनाक्रमबाट नेपालमा पर्न सक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुन सक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दंगालले जानकारी दिए ।
सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागी थिए ।
प्रतिक्रिया