पशुपतिमा सामूहिक व्रतबन्ध

काठमाडौं । पशुपतिमा सामूहिक व्रतबन्ध गरिएको छ । आज बुधबार पशुपतिमा सामूहिक व्रतबन्ध गरिएको हो । अनुशासित, मर्यादित जीवनका लागि कार्य गर्ने र सुखी, समृद्ध, विवेकयुक्त चिन्तन तथा व्यवहार गर्ने संकल्प लिने १६ संस्कार मध्येको महत्वपूर्ण संस्कार हो व्रतबन्ध ।

संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्ध जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो । बालकको व्रतबन्ध प्राय बाल्यावस्थामा नै गरिन्छ ।

बालक ८ वर्ष उमेर पूरा भएपछि ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा व्रतबन्ध गरिने प्रचलन रहेको छ । व्रतबन्धमा बालकलाई मुण्डन गरी विधिवत् रुपम जनै धारण गराइन्छ ।

कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै छेवर गर्ने परम्परा रहिआएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा जस्तै व्रतबन्धमा पनि होम अग्नि कुण्डमा पूजाआजा गरिन्छ । यस पूजाअन्तर्गत बालकको गुरुले बालकलाई गायत्री मन्त्र सुनाउने गर्दछन् ।

प्रतिक्रिया