गोरखा । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि बढ्न सकेको छैन । सो विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमै ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण हाल सम्म पनि खासै काम हुन सकेको छैन ।
विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको भए पनि हाल विमालस्थलको धावनमार्ग सवारी साधनहरु गुड्न थालेका छन् ।
काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता भए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन । करिव १८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो ।
प्रतिक्रिया