कोसी लगानी सम्मेलन : डेढ खर्बका ४६ परियोजनामा एमओयू

विराटनगर । कोसी प्रदेशको लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनका लागि समझदारी (एमओयू) भएको छ । ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहित गत बिहीबार सुरु भएको सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अर्ब १९ करोडका परियोजनामा एमओयू भएको हो ।

शुक्रबार लगानी सम्मेलनको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरूबीच समझदारी भएको छ ।

कृषिका ८ परियोजनामा ३ अर्ब, ऊर्जाका ३ परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका २ परियोजनामा ४७ करोड, पर्यटनका १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापनमा ६० करोडको परियोजना एमओयू भएको प्रदेश लगानी प्राधिकरणले जानकारी दिएको छ । निजी क्षेत्रका १९ र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजनामा एमओयू भएको जनाइएको छ ।

प्रतिक्रिया