काठमाडौं । राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे ।
बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
प्रतिक्रिया