सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे ।

बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

प्रतिक्रिया