काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकासको ढाँचा, गति र संस्कृति फेर्ने परियोजना पुनः प्राथमिकीकरण गरिने बताएका छन् । शुक्रबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा संघीय दुवै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम वाचन गरेर सुनाइरहेका छन् । उनका अनुसार सरकारले आगामी आवमा विकास निर्माणका क्रममा देखापरेका समस्या समाधान गर्न विकासको ढाँचा, गति र संस्कृति फेरिने छ ।
त्योसँगै विगतमा विभिन्न सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२ ०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुने गरी समयतालिका निर्धारण गरिने पनि उल्लेख गरिएको छ ।
सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ सुशासन प्रवर्द्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न कटिबद्ध रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया