काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसका सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जनाएको छ । \
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा चौतर्फी आलोचना भइरहेको छ । यही विषयमा पनि वर्तमान सरकार ढल्ने र अर्को सरकार गठन हुने धेरैको आँकलन छ ।
प्रतिक्रिया