काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) का लागि बोलाएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ । सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद बैठकसँगै नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ ।
शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
गएको बुधबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।
प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए । प्रधानन्त्रीको सचिवालयले आज अब मन्त्रिपरिषद् बैठक नहुने जनाएको छ । राज्यमन्त्रीको शपथ हुने नहुने खुलाइएको छैन ।
प्रतिक्रिया