काठमाडौं । काठमाडौंमा ‘नोरा फतेही लाइभ इन’ हुने भएको छ । यही जेठ ३ गते हायात होटलको ग्राउण्डमा कार्यक्रम हुन लागेको हो ।
नोरालाई नेपाल ल्याउन झन्डै ३ करोड खर्च भएको आयोजकले जनाएको छ । नोरासँगै १६ कोरस डान्सर आउन लागेको हुनाले खर्च धेरै हुन लागेको आयोजकले जनाएको छ ।
वर्ल्ड वाइड फिल्मस नेटवर्क प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको नोरा फतेही लाइभ इन नेपालमा तेरिया मगर, दुर्गेश थापा, द भ्वाइस अफ नेपालका चन्द्रकला राई लगायत ५ जनाले प्रस्तुति रहने छन् । आयोजकले यो लाइभ शोबाट उठेको पैसा अनाथ बालबालिकालाइ पढाइमा मद्दत गरिरहेको हुमन रेस्पेक्ट नेपाललाई दिने बताएका छन् ।
प्रतिक्रिया