उद्घोषणमा उमेशको व्यस्तता

काठमाडौँ । उमेश अधिकारी उद्घोषणमा निकै व्यस्त छन् । विशेष गरेर स्टेज कार्यक्रम र टिभी सोतिर व्यस्त उमेश नेपाली कलाकर्मीहरूबीच पनि व्यस्त भएको बताउँछन् । काठमाडौँमा हुने गरेका स्टेज कार्यक्रममा व्यस्त हुने उनी लामो समयदेखि जापानमा बस्दै आएका छन् । जापानमा पनि टेलिभिजन सोको छायांकनमा आफू व्यस्त हुने गरेको उनले बताए । भने एनआरएन टिभी सो क्ल्याप बोर्डको उनी जापानको उद्घोषक हुन् ।

‘जहाँ रहेता पनि र जसरी बसे पनि आफ्नो सञ्चारकर्मलाई छोड्न नसकिने रहेछ’, उनी भन्छन्, ‘प्रवासमा रहनुहुने नेपालीहरूको खबर समेटिने यो कार्यक्रममार्फत मैले धेरै प्रवासी नेपालीहरूको दुःखसुखलाई नजिकबाट नियाल्ने अवसर पाएको छु ।’ हरेक शनिबार बिहान ८ः३० बजे एनटिभी प्लसबाट प्रसारण हुने टेलिभिजन कार्यक्रम एनआरएन टिभी सो क्ल्याप बोर्डसँग उमेश लामो समयदेखि आबद्ध रहँदै आएका छन् ।

जापानमा हुने गरेका कार्यक्रमहरूको उद्घोष गर्दै अगाडि बढेका उमेशले आफू विश्वको जुनसुकै देश र सहरमा पुगे पनि टेलिभिजन क्षेत्र नत्याग्ने र निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया