सरकार र आन्दोलित शिक्षकहरूबीच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक हुने

काठमाडौं । विगत २९ दिनदेखि काठमाडौंमा सडक आन्दोलनरत शिक्षकहरू र सरकारबिच सहमति भएको छ । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो । बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन ।

मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन् । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए ।

सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए । गत चैत २० गतेदेखि शिक्षकहरु शिक्षा ऐनलगायत विभिन्न माग राख्दै सडक अमन्दोलनमा छन् । नेपाल शिक्षक महासंघले आयोजना गरेको शिक्षक आन्दोलन आज बुधबारको सहमतिपछि थामिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया